तपाईंलाई थाइराइड त भएकाे छैन् ? यस्ता छन् राेगका लक्षणहरु

चन्द्रागिरि ।

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन ( टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।

लक्षणहरु

धेरै मोटाउने वा दुब्लाउने भएमा

धेरै जाडो वा गर्मि महशुस भएमा

मुटुको धड्कन छिटो छिटो भएमा

घाटी सुन्निएमा कब्जियत हुने वा धेरै दिशा लाग्ने भएमा

महिनावारी गडबड भएमा
काम गर्न गाह्रो वा अल्छी लाग्ने भएमा

कपाल धेरै झरेमा छाला सुख्खा हुने र नङ भाचिने भएमा

आँखा हेर्न असजिलो भएमा

शरीरको तापक्रम बढ्ने

भोक बढी लाग्ने तर दुब्लाउने

मन आत्तिने

मानसिक तनाव बढी हुने ।

कसरी बच्ने

यस्तो प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय-समयमा थाइराइड हार्मोनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्ने हो। त्यसबाहेक आयोडिनयुक्त नुन तथा खाना खाने, अनावश्यक रूपमा एक्सरे, सीटीस्क्यान आदि पटक-पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोट नखाने एवं स्वस्थ र सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ।