नारायण जन मा.वि, मच्छेगाउँ मा अायोजित स्वास्थ्य शिविरमा १६५ जनाले लिए सेवा

मच्छेगाउँ वडा कार्यलयको अायोजनामा चन्द्रागिरि नगरपालपका वडा नं.९ मच्छेगाउँस्थित नारायण जन मा.वि मा शनिबार अायोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा स्वास्थ्य चेक जाँच तथा अाैषधी प्राप्त गरेका छन् ।

स्पार्क हेल्थ होम अस्पतालको (सतुंगल धौलागिरी स्तिथ रहेको अस्पताल) प्रायोजनमा घाती-हडी थेरापि, अकुपन्चर, सुगर निशुल्क परिक्षण र औषधि प्रदान गरेका छन| डा. अनिल कुमार महतोको अनुसार आगामी समयमा पनि यस्तै विभिन्न स्थानमा कार्यक्रम गरिने छ र स्वस्थ्य सम्वन्धित जन चेतना फैलाउने छन्|