नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिए

काठमाडौँ — नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती संक्रमित बागलुङकी हुन्।

२२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी क्‍यूआर ६५२ फ्लाइबाट आएकी थिइन्। काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केश रहेको मन्त्रालयका प्रवक्‍ता विकास देवकोटालेबताए।