नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

काठमाडौं : नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्।

उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। 

त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।