बाँकेबाट २० जना र बलम्बु अस्पतालबाट एकजना महिलालेले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८

काठमाडौँ, जेठ २६ गते ।

सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र चन्द्रागिरि नगरपालिकाको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ।

प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।

नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना  र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन् ।