बारा–पर्साको हावाहुरीपीडितका लागि चन्द्रागिरीमा रक्तदान

बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्दै काठमाडाै काे चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको समन्वयमा समुदाय प्रहरी साझेदारी वडा समित र वडास्तरिय बिपदब्यब्स्थापन कमिटी चन्द्रागिरि २ काे अायाेजनामा रक्तदान सम्पन्न  गरेको हो ।

राजधानीकाे मुख्य नाकामा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको कार्यक्रम चन्द्रागिरी नगरपालिका २ का वडा अध्यक्ष गाेपी सुर्खेतीले वताए ।

आईतबार हावाहुरीका कारण निधन भएका २८ जनाको सनाखत भइसेकेको छ । हावाहुरीका कारण ६ सय बढी घाइते भएका छन् । घाईतेमध्ये ९ जनालाई काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु तराईका बिभिन्न अस्पतालमा उपचार भइएरहेको छ ।

कार्यकमका आयोजक महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै समुदाय र प्रहरीकाे सहयोग वाट यस्ताे मानविय कार्यमा सहयोग गर्न अावश्यक रहेकाेले रत्तदान कार्यक्रम गरिएकाे वताए । संकलित रगत रेडक्रसको माध्यमबाट घाइतेसम्म पुर्याइने उनले बताएका छन् ।