मिर्गौला खराब गराउने हाम्रा १० बानी

चन्द्रागिरि ।

मृगौला शरीरको महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोस्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराब पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्दछ ।
हामीले दैनिक जीवनमा गर्ने १० गल्तीले हाम्रो मृगाैलामा हानी पुर्याउने सम्भावना उच्च रहन्छ ।

१. पानी कम पिउने


यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबैभन्दा पहिलो र खराब प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

२. नून बढी


खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दबाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

३. पिसाब रोक्ने


यदि पिसाब आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाब रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।

४. गुलियो खाने बानी


यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटिनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५. पोषणको अभाव


शरीरमा पोषक तत्वको अभाव भयो भने मृगौला खराब हुन्छ ।

६. मासु बढी खाने


मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारीले शरिरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

७. अनिद्रा


रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

८. चिया कफी बढी सेवन


चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरिरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

९. पेनकिलर सेवन


टाउको दुख्ने बित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१०. जाँड रक्सी सेवन


अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।