शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले बिरामीलाई सहयोग हस्तातरण

२६ जेठ / बन तथा बाताबरण मन्त्रि शक्ति बहादुर बस्नेतले समाज रूपान्तरणमा हरेक वर्ग समुदायकाे नागरिक मानसिक एवं शारीरिक रूपमा स्वस्फूर्त हुनु पर्ने वताएका छन् । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको राजधानीमा गरेकाे “स्वास्थ्य सचेतना तथा बिरामीलाई सहयोग हस्तातरण कार्यक्रम वाेल्दै मन्त्री बस्नेतले समाजका हरेक नागरिक निराेगी भएर वाच्न पाउनु सवै नागरिकहरूकाे अधिकार रहकाे वताएका हुन । उनले भने ” हरेक समाजकाे रूपान्तरणमा हरेक वर्ग समुदायको भुमिका हुन्छ,सवैले अाअाफ्नाे स्थानवाट कटिबद्ध भएर साथ र सहयाेग गरे देशकाे समृद्धिमा केही नयाँ तरङ्ग ल्याउन भए पनि टेवा पुग्छ ।” प्रदेश ३ का माननीय उप-सभामुख राधिका तामाङकी दिबंगत मातापिता स्व.शेरबहादुर तामाङ र राम्री तामाङको सम्झनामा संचालित उक्त सस्थाले शनिवार कार्यक्रमका बीच बिभिन्न्न रोगबाट पिडित व्यक्तिहरुलाई नगद चेक हस्तातरण गरेकी हुन । सस्थाका संरक्षक उप-सभामुख राधिका तामाङले विशेषगरी आफ्ना आमा-बाबु नै क्यान्सरबाट दिबंगत भएको कारण आफ्नो सस्थाले आमाको दोश्रो पुण्यतिथिमा क्यान्सर र सोहि प्रकृतिका रोग लागेका व्यक्तिलाई सहयोग गर्न पाउँदा ज्यादै खुशी अनुभव प्राप्त गरेकाे वताईन । सहयोग पाउनेहरुमा बोनम्यारो पीडित नुवाकोट तादी–४ की अनिता श्रेष्ठ, नसा रोगपीडित शिवपुरी-५ की सबिता ढकाल, फोक्सोको क्यान्सर पीडित दुप्चेश्वरकी फूलमाया तामाङ, शिवपुरी-३ का ब्लड क्यान्सर पीडित नारायणप्रसाद खतिवडा, सिन्धुली घ्याङलेक-१ का सुरेन्द्र बोम्जन, सिन्धुपाल्चोक बाह्रबिसेकी फुलु श्रेष्ठ शेर्पा छन्। अनिता र सबितालाई जनही २५ हजार र अन्यलाई २० हजारका दरले सहयोग दिइएको छ। सस्थाका अध्यक्ष राजकुमार तामाङको सभापतित्वमा भएकाे हाे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय हित बहादुर तामाङ, प्रदेश सभा सदस्य योगेन्द्र संग्रौला, तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ती लगायतले शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले मानवीय सेवामा अतुलनीय याेगदान पुर्‍याए प्रती धन्यवाद दिदै अागामी दिनहरूमा संस्थाले थप सेवा दिने विश्वास व्यत्त गरेका हुन । कार्यक्रममा क्यान्सर रोग बिसेषज्ञ डा. बिष्णु दत्त पौडेल,कृष्ण सागर शर्मा ले क्यान्सर रोग सम्बधि विभिन्न जानकारी दिनुका साथै श्रव्यदृश्य मध्यमबाट पनि रोगको लक्षण, रोकथाम, नियन्त्रण साथै विश्व र नेपालको क्यान्सरको अवस्था बारे महत्वपूर्ण कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो ।