समाज सेवी धर्मानन्द श्रेष्ठद्वारा निशुल्क पानि वितरण

चन्द्रागिरि नगरपालिका वडा नं ८ का समाज सेवी धर्मानन्द श्रेष्ठले नगरपालिकाको सहयोगका लागि निशुल्क पानि वितरण गरेका छन । व्यवसायी तथा समाजसेवी बिजय श्रेष्ठको साझेदारीमा वितरण थालेका हुन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले व्यवसाय तथा नगरवासीलाई सहयोगी हातका लागि आव्हान गरेका थिए। श्रेष्ठको सकारात्मक कामको लागि नगर प्रमुखले धन्यवाद दिदै जुन सुकै सहयोग गर्नका लागि नगरपालिका तयार रहेको प्रतिवादत्ता व्यक्त गरेका छन।

विश्व ब्यापी महामारीमा सबै नागरिकले आफ्नो दायित्व पुरा गर्न “सेवा नै धर्म हो” मूल नारा सहित आफुले नगरपालिकालाई सहयोग गर्न निशुल्क वितरण शुरु गरेको समाजसेवी धर्मानन्द श्रेष्ठले बताएको छन्।

साथै बलम्बु सहकारी समुह द्वारा च.न.पा. १२ बलम्बु स्तिथ विभिन्न १२ स्थानमा साबुन पानीले हात धुने ब्यवस्था गरेका थिए। सो कार्यमा निशुल्क पानी वितरण गर्दै र आउदो समयमा पनि सहयोग गर्नका लागि तयार रहेको समाजसेवी बिजय श्रेष्ठले बताए ।