विश्व पर्यटन बजारमा काठमाडौं उपत्यका मन्दिर र सम्पदाको सहरका रूपमा परिचित छ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा पुरातात्वि सम्पदा र विविध धर्म संस्कृतिको साझा थलो काठमाडौंवासीका लागि अहिले यी सम्पदामै घुमेर या डुलेर रमाउने वातावरण छैन । एकातर्फ भूकम्पले भत्काएका सम्पदा पुनर्निर्माण भइसकेका छैनन् भने अर्कोतर्फ काठमाडौं उपत्यकाको धुलो, धुवाँ, प्रदूषण, भिडभाड र अस्तव्यस्तताले सहरभित्रका कुनै पनि गन्तव्यले सन्तुष्ट बनाउन सक्ने अवस्था छैन । तर, काठमाडौं उपत्यकालाई वरिपरिबाट घेरेका पहाडी चुचुरा तथा उपत्यकाबाट केही पर विकसित भएका पर्यटकीय गन्तव्य घुमफिरका उपयुक्त गन्तव्य बन्न सक्छन् । नयाँ वर्ष होस् या अन्य पर्व र बिदाको मौका परिवार वा साथीभाइ मिलेर जान सकिने रमाइला गन्तव्य काठमाडौं नजिकै छन् ।

हाइकिङ रुट

तस्बिर चन्द्रागिरी हिल्स

Chandragirinews chandragirihills4 काठमाडौंनजिकैका रमाइला गन्तव्य किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ मनोरञ्जन महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews chandragirihills2 काठमाडौंनजिकैका रमाइला गन्तव्य किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ मनोरञ्जन महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews chandragirihills3 काठमाडौंनजिकैका रमाइला गन्तव्य किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ मनोरञ्जन महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiri

चन्द्रागिरि : समुद्री सतहबाट २५ सय ५१ मिटर उचाइमा रहेको चन्द्रागिरि भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेको छ । यहाँ अहिले थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । तर, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ ।

नमोबुद्ध : समुद्री सतहबाट १८ सय मिटर उचाइमा अवस्थित नमोबुद्ध काभ्रे जिल्लामा अवस्थित छ । यस रुटमा परिवार, साथीभाइ या प्रेमी–प्रेमिकासँग घुमफिरमा निस्किने जो–कोही पूरै एक दिन रमाइलो यात्राको साक्षी बन्नेछन् । काभ्रेको पनौतीदेखि परम्परागत नेवार बस्ती छिचोल्दै सुरु हुने यो रुटमा जानुअघि पनौतीसम्म भने सवारीसाधनमा जानुपर्ने हुन्छ । नमोबुद्धआसपास सडक यातायात पुगिसकेको भए पनि स्थानीय बस्ती, कृषिभूमि, नदीनाला, पहाड र हिमाली शृंखला अवलोकन गर्न भने पैदलयात्राको विकल्प छैन ।

चम्पादेवी : एक दिनको हाइकिङका लागि उपत्यकावासीको अर्को रोजाइ चम्पादेवी हो । हिमाली तथा पहाडी शृंखलाको अवलोकनसहित छोटो अवधिमै काठमाडौंको धुलोधुवाँ छाडेर स्वच्छ वातावरण भएको ठाउँमा पुगिन्छ । समुद्री सतहबाट २३ सय मिटर उचाइमा रहेको यस चुचुरोको यात्रा भने फर्पिङबाट प्रारम्भ गर्न सकिन्छ ।

फुल्चोकी : काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो, फुल्चोकी । समुद्री सतहबाट दुई हजार सात सय ५० मिटर अग्लो स्थानमा रहेको यो डाँडाबाट पनि प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पहाडी र हिमाली शृंखलाका लागि फुल्चोकी धाउनेको जमात ठूलो हुन्छ । फुल्चोकी यात्रा भने गोदावरीबाट सुरु गर्न सकिन्छ ।

ककनी : काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी नुवाकोट जिल्लामा अवस्थित छ । धेरैजसो मानिस ककनीसम्म पिकनिक मनाउने धेयले पुग्ने गर्छन् । तर, ककनीदेखि भञ्ज्याङसम्मको हाइकिङ ककनी यात्राको अर्को महत्वपूर्ण पक्ष हो ।

शिवपुरी : समुद्री सतहबाट २७ सय ३२ मिटर उचाइमा अवस्थित शिवपुरी डा“डा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । विश्वमा कुनै पनि मुलुकको राजधानीबाट नजिकको राष्ट्रिय निकुञ्जका रूपमा चर्चित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अहिले काठमाडौं उपत्यकाभित्र पिउने पानी आपूर्तिको सबैभन्दा ठूलो स्रोत हो ।

ह्वाइट गुम्बा, पाइलट बाबा, बुढानीलकण्ठ, साँखु र भोटेचौर एक दिनमै घुमेर फर्किन सकिने अन्य नजिकका गन्तव्य हुन् ।

क्याम्पफायरका लागि गन्तव्य

अहिले चिसो मौसममा आगो बालेर मध्यरातसम्म रमाउन कसलाई मन लाग्दैन र ! खासगरी युवा जमातलाई लक्षित गरी धेरै गन्तव्यमा होटेल तथा रिसोर्टको विकास भएको छ । खासगरी नया“ वर्ष तथा चाडबाडका वेला यी गन्तव्य बढी नै व्यस्त हुने गर्छन् । काठमाडौं उपत्यका तथा नेपालका अन्य भू–भागबाट पनि यी गन्तव्यमा आन्तरिक पर्यटक आउने र रमाउने गर्छन् । यी गन्तव्यमा जानुअघि भने आफ्नै सवारीसाधनको जोहो गर्नुुका साथै होटेल–रिसोर्टका कोठा अग्रिम बुकिङ गर्नु बुद्धिमानी हुन्छ ।

चित्लाङ : काठमाडौंको थानकोटबाट करिब १६ किलोमिटर दूरीमा अवस्थित चित्लाङ एक रात दुई दिनको बिदामा जानु उपयुक्त हुन्छ । मकवानपुर जिल्लामा अवस्थित यो रमणीय उपत्यका बाख्राको दूधबाट निर्मित चिज, ट्राउट माछा तथा स्थानीयस्तरमा उत्पादित तरकारीका लागि चर्चित छ । होमस्टेको समेत विकास भइसकेका कारण चित्लाङ एक सुविधासम्पन्न गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

नगरकोट : विश्वमै चर्चित पर्यटकीय गन्तव्यका रूपमा नगरकोट स्थापित छ । अत्याधुनिक होटेल–रिसोर्ट तथा होमस्टेको समेत सुविधा रहेको नगरकोट हिमाली शृंखला र सूर्योदयको आकर्षक दृश्यावलोकनका लागि चर्चित छ ।

धुलिखेल : होटेल–रिसोर्टको राम्रो सुविधा रहेको धुलिखेल सबै प्रकारका पर्यटकलाई सुविधा दिन सक्ने क्षमता राख्छ । खर्चालु पर्यटकका लागि उपयुक्त महँगा होटेलदेखि आमसर्वसाधारणले समेत यहाँ बिदा मनाउन सक्छन् । सार्वजनिक यातायातको सुविधा उपलब्ध हुने धुलिखेल परिवारका साथ जाने मानिसका कारण सबै मौसममा व्यस्त देखिन्छ ।

कालिञ्चोक-जिरी : दोलखा जिल्लामा अवस्थित पवित्र धार्मिकस्थल कालिञ्चोक छोटो बिदामा पुगिने उत्कृष्ट गन्तव्यमध्ये एक हो । सामान्यतया काठमाडौंबाट दुई रात तीन दिनको बिदा मिलाउन सक्ने हो भने दोलखा भीमसेन, जिरी र कालिञ्चोक सबै चर्चित गन्तव्यको भ्रमण गर्न सकिन्छ । खासगरी हिउँमा रमाउन चाहनेका लागि कालिञ्चोक उत्तम विकल्प हो ।

दामन : काठमाडौंबाट ७७ किलोमिटर दूरीमा अवस्थित दामन पर्यटकले गर्मी मौसममा पनि चिसो खोज्दै जाने गन्तव्य हो । वीरगन्जमा ४० डिग्री सेल्सियस पुग्दा झन्डै माइनस डिग्रीसम्म झर्ने दामनमा गर्मी छल्न धेरै भारतीय पर्यटक पुग्ने गर्छन् । जाडो मौसममा भने हिउँस“ग खेल्ने सोख भएका आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ झुम्मिन्छन् ।

पहिले योजना
रमाइलो गन्तव्य रोज्नुअघि आफू निश्चित हुनुहोस् र योजना बनाउनुहोस् । को–को जाने पहिले निश्चित हुनुपर्छ । परिवारसँग या साथीभाइसँग या प्रेमी–प्रेमिका जाने, यसैअनुसार गन्तव्य रोज्नु उपयुक्त हुन्छ । एरोलिना ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काका अनुसार एक दिनमै फर्किने योजना छ कि दुई–तीन दिन घुम्ने, गन्तव्य तय गर्दा यो विषयमा पनि ध्यान दिनुपर्छ । लामो बिदाका लागि पोखरा, चितवन, बर्दिया, इलाम, खप्तड या रेसुंगा निस्किन नपाउने मानिस आफ्नो बसाइआसपासकै गन्तव्यमा पुगेर रमाउन सक्ने वातावरण बनिसकेको पर्यटन व्यवसायी बताउँछन् ।

Chandragirinews rocky काठमाडौंनजिकैका रमाइला गन्तव्य किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ मनोरञ्जन महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews careerad काठमाडौंनजिकैका रमाइला गन्तव्य किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ मनोरञ्जन महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiriChandragirinews jebsad काठमाडौंनजिकैका रमाइला गन्तव्य किसीपिँडी तीनथाना थानकोट दहचोक नगरपालिका नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ मनोरञ्जन महादेव स्थान मातातिर्थ मुख्य लंकोट वडा सतुंगल    chandragiri

Comments

comments