खाल्डाखुल्डी पुर्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशन


काठमाडौं ,मंसिर ५ ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले धोवीखोला कोरिडोरको निरीक्षण गरेका छन ।

बबरमहलको आर्क ब्रिज क्षेत्र बाट शुरु गरिएको सो कोरिडोर निरीक्षणमा उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी सहित अन्य निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सो  कोरिडोरका   विभिन्न क्षेत्रको निरीक्षण गर्दै मन्त्रि श्रेष्ठले विचमा देखिएका खाल्डो र अन्य अपूर्ण संरचनालाई एक हप्ता भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए भने सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ -१३ चुनिखेल सम्म बाकि रहेको काम यथासक्य चाडो सम्पन्न गर्न सुझाव दिएका थिए।

सो अवसरमा प्राधिकरणका प्रमुख तिवारीले कोरिडोर क्षेत्रमा देखिएका खाल्डा र अन्य अपूर्ण पूर्वाधार एक हप्ता भित्र निर्माण सम्पन्न गर्ने प्रतिवदत्ता  व्यक्त गरेका थिए।


Comments

comments