
- 516Shares

१३ साउन काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि नगरपालिका १३ मा तीन घर पहिराेले जाेखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएकाे छ ।

चन्द्रागिरि १३ सेरे खाेल्सा बाेगटी गाउँमा रहेकाे घर मुनि पहिराेले घर जाेखिम वढाए पछि तिन घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको हाे ।

नेपाली सेनाकाे युद्ध कवच गण सितापाईला बाट उप सेनानी प्रसान्त बिक्रम थापाकाे नेतृत्वमा गएकाे २० जनाकाे टाेलीले उनिहरूलाई सुरक्षित स्थानमा सारिएकाे छ ।

चन्द्रागिरि नगरपालिकाले तिनघरका व्यक्तिलाई अस्थायी रूपमा प्रदान गरिएकाे पालमा व्यस्थापन गरिएकाे नगरपालिकाका प्रबक्ता हरिभक्त महर्जनले बताए ।पहिराेका कारण सीता रिजाल,पुष्प राज गिरी,तेज कुमारी पाैडेलकाे घर उच्च जाेखिममा रहेकाे प्रबक्ता महर्जनकाे भनाइ छ ।
नेपाली सेनाकाे युद्ध कवच गणका टाेलीले तीनै घरमा रहेकाे सामाग्री झिकि सुरक्षित स्थानमा पाल टागेर राखिएकाे नेपाली सेनाले जनाएको छ ।
- 516Shares
Comments
