चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणबाट दोस्रो मृत्यु

  • 308
    Shares

२० भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणबाट दोस्रो मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-९ कि २२ वर्षीय मृत्यु भएको हो। उनको DELIVERY CASE मा मृत्यु  भएको जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जनले बताए।

साथै पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १६७ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या १६७ पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये ५६ जना निको भएका छन् भने ४२ जना अस्पतालमा र घरमा ६७ जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  १०९ जना पुरुष, ५८ जना महिला र २ जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या २ पुगेको छ।


  • 308
    Shares

Comments

comments