चन्द्रागिरि नगरपालिकाले एम्वुलेन्स चालकहरुलागि रु १० लाखको स्वास्थ्य सुरक्षा वीमा गरिदिने


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को रोकथाम, नियन्त्रण तथा उपचारको सन्दर्भमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा नगर उप प्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकिय अधिकृत कर्ण व. भुवाजी, थानकोट प्रहरी वृत्तका प्रमुख घनश्याम श्रेष्ठ, स्वास्थ्य शाखा कर्मचारी तथा अन्य नगरपालिका कर्मचारीहरुको उपस्थितिमा नगरपालिका भित्र संचालनमा रहेका एम्वुलेन्स संचालक तथा चालकहरुको उपस्थितिमा नगरपालिकाभित्र विरामीको सेवाको लागि एम्वुलेन्स सेवा प्रभावकारी बनाउने एक छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नगरपालिकाभित्र सेवामा रहेका एम्वुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाको तर्फबाट रु १० लाखको स्वास्थ्य सुरक्षा वीमा गरिदिने निर्णय भएको हो ।

बैकुण्ठनाथ दिव्यधाम संस्थाद्धारा संचालनमा रहेको एम्वुलेन्सलाई चन्द्रागिरि नगरपालिकाको COVID-19 डेडिकेटेड एम्वुलेन्सको रुपमा संचालन गर्ने भएको छ।

अन्य सम्पुर्ण एम्वुलेन्सहरुको विरामी र चालकवीच स्वास्थ्य सुरक्षा(क्याविनको हावा नछिर्ने गरी खण्ड खण्ड बनाउने र सेवा प्रदान गरेपश्चात प्रत्येक पटक क्लोरिन पानीबाट सफा गर्ने) कायम गरि निरन्तर सेवा प्रदान गर्ने छ। एम्बुलेन्सलाई विषाणुरहित बनाउने रसायनको प्रबन्ध र PPE प्रयोगको बारेमा नगरपालिकाले सहयोग गर्ने, एम्बुलेन्स संचालकहरुले अहिलेको विषम परिस्थितिमा एम्बुलेन्स सेवालाई चुस्त दुरुस्त बनाउने निर्णय भएको हो। साथै, उपस्थित ६ ओटा संस्थाका एम्बुलेन्स चालकहरुलाई नगरपालिकाको तर्फबाट नगर प्रमुख, नगर उप प्रमुख र नगर प्रवक्ताज्यूको उपस्थितिमा PPE हस्तान्तरण गरिएको हो।


Comments

comments