Chandragirinews edmark थानकोट-मुग्लिन सडक ४ लेन बनाइने थानकोट बाद भन्ज्यांग मुख्य    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

चन्द्रागिरि ।

सरकारले थानकोट देखि मुग्लिनसम्मको सडक विस्तार गर्दै चार लेन बनाउने भएको छ । थानकोट देखि मुग्लिनसम्म ९० किलोमिटर सडकलाई विस्तार गर्दै ४ लेन बनाउन लागिएको हो ।

हाल उक्त सडक खन्ड २ लेन मात्र रहेको छ । राजधानी भित्रिने सवैभन्दा महत्वपुर्ण उक्त सडकखण्ड विस्तार भएमा आउने र जाने समय समेत छोटिने छ ।

विश्व बैंकको ऋण सहयोगमा सडक विस्तारको लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने काम अगाडी बढेको बताउँदै सडक विभागका महानिर्देशक गोपाल सिग्देलले  भने ‘अहिले अध्ययनको काम भइरहेको छ । पहिला अध्ययन सकेर सरकारले निर्माण गर्ने निर्णय गरेपछि, यसको विस्तारमा लाग्ने खर्च कहाँ र कसरी जुटाउने भन्नेतर्फ जानुपर्छ ।’

महानिर्देशक सिग्देल अनुसार ‘यो सडक खण्डमा हाल दैनिक ७ हजार भन्दा बढी सवारी आगमन हुने गरेको ले अहिलेको अवस्थाले सवारी चाप थेग्न सक्दैन यसको बिस्तार जरुरी भइसकेको छ ।’

यता २ वर्षदेखि सुरु गरेको मुग्लिन-नारायणगढ सडक खण्डको विस्तार कार्य जारी रहेको छ । सो सडकखण्ड पनि ४ लेन बनाउन खोजिएको छ । जसका कारण हजारौ यात्रुले दैनिक रुपमा सास्ती व्यहोर्नु परिरहेको छ । उक्त सडक खण्डको काम हाल ५० प्रतिशत मात्रै सकिएको छ ।

Comments

comments