सरकारले उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयले वातावरण विभागका उपसचिव शंकर पौडेलको संयोजकत्वमा प्रदूषण नियन्त्रण एकाइ गठन गरेको छ ।

वायू मापन उपकरणले प्रदूषण बढ्दै गएको देखाएपछि नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अग्रसरता लिएका हुन् । प्रदूषणसम्बन्धी मापन गर्न काठमाडौंको रत्नपार्क, ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल, चितवनको सौराह र लुम्बिनीमा उपकरण राखिएको छ । पौडेलको संयोजकत्वमा बनेको एकाइले प्रदूषण नियन्त्रणसम्बन्धी मात्र काम गर्नेछ ।

‘एकाइले उपत्यकामा कुन–कुन कारणले प्रदूषण बढ्दै गएको छ भन्ने अध्ययन गर्छ ।’ पौडेलले भने, ‘प्रदूषण गर्ने सरोकारवालालाई बोलाएर नियन्त्रण गर्न लगाइन्छ ।’ गाडी, इँटा उद्योग, चक्रपथ विस्तार, मेलम्ची खानेपानीको पाइप गाड्नेजस्ता कारणले उपत्यकामा सबैभन्दा धेरै प्रदूषण हुने गरेको छ ।

Chandragirinews rocky बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन मुख्य    chandragiriChandragirinews careerad बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन मुख्य    chandragiriChandragirinews jebsad बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन मुख्य    chandragiriChandragirinews sano-sansar1 बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन मुख्य    chandragiriChandragirinews oracalray बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन मुख्य    chandragiriChandragirinews brightangel बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन मुख्य    chandragiri

Comments

comments