प्रधानमन्त्री कार्यालयको फेसबुक पेजनै डिलिट


काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेजबाट बिहीबार साँझ एउटा सूचना सार्वजनिक गरियो– ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’

त्यसको केहीबेरमा सोही पोष्ट तल अपडेट भर्न्दै अर्को जानकारी थपियो– ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ। ‘

सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सहज जानकारी बाँड्न प्रधानमन्त्री कार्यालयले खोजेको फेसबुक पेजबाट छिनको छिनमै आएको फरक फरक जानकारीका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामा द्धिविधा उत्पन्न भइसकेको थियो।

थप जानकारीको लागी लिंक:-

https://ekantipur.com/news/2020/04/09/158644707764825788.html


Comments

comments