चन्द्रागिरि ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच काठमाडौंका १० निर्वाचन क्षेत्रमा भागबन्डा टुंगिएको छ । जसअनुसार एमालेले आफूलाई सात र माओवादीलाई तीनवटा क्षेत्र दिएको छ ।

एमालेले काठमाडौंका २, ३, ४, ५, ७, ८ र ९ निर्वाचन क्षेत्र आफूसँग राखेको छ । माओवादी केन्द्रलाई भने १, ६ र १० निर्वाचन क्षेत्र छुट्याएको छ । काठमाडौं १ मा कांग्रेसबाट प्रकाशमान सिंह उठ्दैछन् । उनी दुईवटै संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रतिस्पर्धी दलभन्दा दोब्बर मतले विजयी भएका थिए । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र उठ्दैछन् यही निर्वाचन क्षेत्रबाट उठ्ने यसअघिनै तय भइसकेको छ ।

काठमाडौं १० मा कांग्रेसबाट राजेन्द्र केसी (राजन) उठ्दैछन् । सो क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जितेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनलाई कांग्रेसका केसीले झन्डै दोब्बर मतले पराजित गरेका थिए ।

काठमाडौं ६ मा यसपटक पनि कांग्रेसले भीमसेनदास प्रधानलाई उम्मेदवार बनाउँदैछ । यसपटक प्रधानसँग माओवादी केन्द्रका हिमाल शर्माले प्रतिस्पर्धा गर्ने भएका छन् । सो क्षेत्रबाट दुईचोटि एमाले नेता योगेश भट्टराई पराजित भएका थिए ।

एमालेले काठमाडौं २ बाट माधवकुमार नेपाल, ३ बाट कृष्ण राई, ४ बाट डा. राजन भट्टराई, ५ बाट ईश्वर पोखरेल, ७ बाट रामवीर मानन्धर, ८ बाट जीवनराम श्रेष्ठ र ९ बाट कृष्णगोपाल श्रेष्ठलाई उठाउने तयारी गरेको छ ।

कांग्रेसले काठमाडौं २ बाट दीपक कुइँकेल र उपेन्द्र कार्कीमध्ये एक, ३ बाट अम्बिका बस्नेत, ४ बाट गगन थापा, ५ बाट प्रेमबहादुर खड्का, ७ बाट प्रमिला सिंह, ८ बाट नवीन्द्रराज जोशी र ९ बाट ध्यानगोविन्द रञ्जितलाई उम्मेदवार बनाउँदैछ ।

Chandragirinews rocky माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १० निर्वाचन मुख्य राजनीति    chandragiri
Chandragirinews careerad माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १० निर्वाचन मुख्य राजनीति    chandragiri
Chandragirinews jebsad माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १० निर्वाचन मुख्य राजनीति    chandragiri
Chandragirinews bambooadd माअोवादी केन्द्रको भागमा पर्यो काठमाण्डाै निर्वाचन क्षेत्र नं. १० निर्वाचन मुख्य राजनीति    chandragiri

Comments

comments