अब चन्द्रागिरि नगरपालिकाको अाफ्नै वारूण यन्त्र (दमकल) सेवा

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले अाफ्नै दमकल (बारुण यन्त्र ) र नगर एम्बुलेन्स सञ्चालनमा ल्याएकाे छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीकाे याेजना अनुरूप दमकल (बारुण यन्त्र ) र एम्बुलेन्स सञ्चालनमा ल्याएकाे हाे । चन्द्रगिरि नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले नेशनल फायरसेफ प्रालिबाट ई टेन्डर मार्फत खरिद गरिएकाे उक्त दमकलकाे क्षमता ४५ सय लिटर पानी र पाँच सय लिएर फाेम राख्न मिल्ने बताए । चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले नगरपालिकाका भित्र आगजन्य विपत व्यवस्थापनमा नगरवासीले आफ्नै वारुण यन्त्रकाे सेवा लिन सकुन भन्ने ध्येयका साथ दमकल सुचारु गरिएकाे बताए । मेयर गिरीका अनुसार कुल ५२ लाख मा दमकल (बारुण यन्त्र ) र १२ लाखमा एम्बुलेन्स सेवा सुचारू गरिएकाे उनकाे भनाई छ । नगरका प्रवक्ता हरिभक्त महर्जनले अाम विपत र स्वास्थलाई ख्याल गर्दै नगरवासीका सेवा र सुविधालाई नागरिक स्तर सम्म पुर्याउन लागिएकाे बताए । अाज नगर उपप्रमुख लिशा नकर्मी प्रशासकीय प्रमुख राजेन्द्र कार्की, समाजसेवी तथा सञ्चारकर्मी राेसन दानी,भुवन गिरी लगायतको उपस्थितिमा दमक सेवा र प्रदर्शनी समेत गरिएको थियाे । चन्द्रागिरि नगरपालिकाको आफ्नै भवन निर्माण भइरहेकै छ, आज नगरपालिकाको आफ्नै दमकल (बारुण यन्त्र ) पनि आएको छ।

तस्बिर:- भुवन गिरि