आज चन्द्रागिरिमा लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ

चन्द्रागिरि नगरपालिकामा लक डाउनको उल्लंघन गर्ने १०८ जना ब्यक्ति   नियन्त्रणमा लिएको छ । लक डाउनको छैठो दिन प्रहरीले १०८ जनालाई नियन्त्रणमा लिएको हो ।  

पसलहरु बन्द भइपनि केही ब्यक्तिहरु खुलेआम असुरक्षित तवरले घुमफिर गरेको पाइएपछि महानगरीय प्रहरी बृत्त थानकोट कार्यालय थानकोटले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रशासनले चन्द्रागिरि नगरपालिका अन्तर्गतका नैकाप, तीनथाना, धौलागिरी आवास, सिभिल होम्स, मत्स्यगाँउ, मातातिर्थ, पाल्तेन प्लटिङ, पानीघाट, थानकोट बजार, गुर्जुधारा, सतुंगल, दहचोक, बाँडभन्ज्याङ, नाँगढुंगाबाट लक डाउनको अवज्ञा गरी अनावश्यक रूपमा हिडडुल गर्ने १०८ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई थप कारवाहीका लागि अगाडी बढाईने बताइएको छ ।