कंलकीमा पाकेटमार ट्राफिक प्रहरीको फन्दामा

महानगरिय ट्राफिक प्रहरी कंलकीले यात्रुवाहक बसमा पाकेटमार गर्ने एक जनालाई पक्राउ गरेको छ ।यात्रुवाहक वसवाट पोकट मारी भाग्ने सिन्धुपाल्चोक घर बताउने वर्ष १९ का सुमन नेपाली रहेका छन् ।

महानगरिय ट्राफिक प्रहरी कंलकीका प्रमुख केशव राज भट्टले रत्नपार्कबाट थानकोट जाँदै गरेको बसमा सवार चन्द्रागिरी नगरपालिका–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट पाकेटमारी गरी भाग्न खोज्दा नेपालीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको वताए ।

कंलकी ट्राफिक प्रहरी कंलकीका प्रमुख भट्टका अनुसार श्रेष्ठको गोजीबाट ५५ हजार चार सय रुपैयाँ पाकेटमारी गरेर कंलकी चोकबाट ओरोलातिर भाग्दै गर्दा ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले नेपालीलाई पक्राउ गरेका वताए ।
पक्राउ परेका नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा राखिएको छ ।