के थियो व्लेडले प्रहरी कार्यालयमै घाटी सेरनुको कारण ??

रोसन दानी

काठमाडौं–
प्रहरी कार्यालयको शौचालय भित्रै आत्म हत्या गर्ने प्रयास ।

सुरक्षा माथीनै प्रश्न चिन्ह ??

राजधानीको चन्द्रगिरि स्थित काठमाण्डौं प्रवेश गर्ने नाका नागढुङ्गामा रहेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गामा अनौठो घटना भएको छ । करिब दिउँसोको ४ वजे एक अपरिचित व्यक्ति प्रहरी कार्यालयमा रहेको शौचालयमा शौच गर्ने भन्दै प्रवेश गरेका युवकले ब्लेडले घाटी काटी हत्या गर्ने प्रयास गरेका छन् । चोभार स्थायी घर भएका कुमार कार्कीले आत्महत्या प्रयास गरेका हुन् । २९ वर्षाीय कार्कीले शनिबार दिउँसो शौचालय भित्र चुकुल लगाएर ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रधुम्न कार्कीले चन्द्रागिरिन्युजलाई जानकारी दिए । शनिबार मध्यान्ह पुर्वतिर यात्रा गरेर आएका कार्कीले प्रहरी प्रभाग अघिल्तिर बसेर केहीबेर धुम्रपान गरेको र त्यसपछी शौचालय छिरेको बताईएको छ । दिनभर प्रहरी कार्यालय वरिपरि बाटोमा हिंडिरहेको व्यक्ति कसरी प्रहरी कार्यालय जस्तो संवेदनशिल ठाउँमा गएर आत्म हत्या गर्ने सोच बनाउँछ त्यहो भने रहस्यकै विषय बनेको छ । एक जना प्रहरीले नाम नबताउने सर्तमा हामीलाई बताए, दिनभर बाटोमा ओहोरदोहोर गरिरहेको र प्रहरी चौकी अगाडी बसेर चुरोट खाईरहेको थियो, हामीलाई साधारण व्यक्ति जस्तो लागेको थियो, एक प्रहरी अधिकारीले बताए, शौचालयवाट लामो समयसम्म बाहिर नआएपछि हामी शौचालयमा हेर्न जाँदा रगत बगिरहेको थियो । ब्लेडले घाँटी काटेर रगत बगेको थियो तत्काल हामीले समाज अस्पताल पुयायौं ।

 

घाईते कार्कीको समाज अस्पतालमा उपचार सम्भव नभएपछि ट्रमा सेन्टरमा रिफर गरिएको थियो । हाल उनको ट्रमा सेन्टरको पोष्ट वाडमा उपचार भईरहेको छ । घाँटीको शल्यकृया पछि उनी ट्रमा सेन्टरमानै उपचार भईरहेको पारिवारिक स्रोतले बताएको छ । उपचारको क्रममा खतरा मुक्त रहेको अस्पताल स्रोतले बतायो । उता परिवारका आफन्तले भने घटना रहस्यपूर्ण रहेको आरोप लगाएको छ, प्रहरी स्रोतका अनुसार कार्की मानसिक रुपमा अस्वस्थ छन् । प्रेम–वियोगका कारण उनले आत्महत्या प्रयास गरेको हुनसक्ने बताईएको छ । तर कारण जे भए पनि प्रहरी कार्यालय जस्तो संवेदनशिल स्थानमा यस्तो रहस्यमय घटना हुनु गंम्भिर मानिन्छ । त्यसमाथि राजधानी छिर्ने मुख्य सडक नाका जोखिम र संवेदशिल नाकामा यस्तो घटना हुनुले सुरक्षा चुनौती माथि नै प्रश्न चिन्ह खडा गराएको मात्र छैन् संवेदशिलता माथि पनि प्रश्न खडा गराएको छ । राजधानीमा हुन सक्ने अपराध निरुत्साहित गर्ने नाका पनि हो यो, त्यसकारण नागरिकहरुले सुरक्षाको अनुभुति माथि शंका गर्ने ठाउँ रहन्छ । के थियो व्लेडले घाटी सेरनुको कारण ?? फलोअफ निरन्तर