चन्द्रागिरिमा न्यायिक समितिको औपचारिक कार्यक्रम सम्पन्न

काठमाडौं । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक लीशा नकर्मीले न्यायिक समिति गठन भएपछि यो नै पहिलो औपचारिक कार्यक्रम भएको बताउनु भयो । उहाँले गत वर्ष न्यायिक समितिका मेलमिलापकर्तालाई ८ दिने तालिम धुलिखेलमा दिएको र सोही प्रकृतिको तालिम पुनः माघ देखि सुरु हुने जानकारी गराउनु भयो । उहाँले १० र १३ नम्बर वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको बताउँदै बाँकी वडामा छिट्टै बन्ने बताउनु भयो । संयोजक नकर्मीले न्यायिक समितिमा आएका अधिकांश मुद्दा फैसला यहीबाट भएको र केही मुद्दा हल हुन नसक्दा अदालत पठाएको समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा सभापति उद्योग पर्यटन तथा वातावरण समिति प्रदेश सभा सदस्य तथा ३ नम्बर प्रदेश सांसद रमा आलेमगर, नगरपालिकाका प्रशासकीय अधिकृत युवराज पौडेल, नगरपालिका अन्तरगतका न्यायीक समितिका पदाधिकारी, मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।आर्ष नेपाल