चन्द्रागिरि अन्तर वडास्तरीय ब्याडमिण्टन जारी, तेश्रो दिन ३ खेल सम्पन्न

चन्द्रागिरि ।

पहिलो संस्करणको चन्द्रागिरि अन्तर वडास्तरीय ब्याडमिण्टन प्रतियोगिता जारी छ । चन्द्रागिरि विकास मञ्चद्धारा अायोजित प्रतियोगिताको तेश्रो दिन ३ खेल सम्पन्न भएका छन् । जसअनुसार प्रकाश अोडारी र धनपति मैनाली, अोमलाल श्रेष्ठ र मजाज बोगटी तथा केशव महर्जन र राजेश महर्जनको जोडी प्रतिद्वन्दी विरूद्ध जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेका छन् ।

चन्द्रागिरि विकास मञ्चद्धारा अायोजित प्रतियोगिताको विजेताले नगद रू. २५ हजार प्राप्त गर्नेछ ।