चन्द्रागिरि नगरपालिकामै चोरी

रोसन दानी ,

१६ साउन काठमाण्डौं।
सर्बसाधारणको घरमा दिउसै चोरी लगायतका घटना दिन प्रति बढिरहदा चन्द्रागिरि नगरपालिकाकै कार्यालयमा चोरी भएको छ ।
महानगरीय प्रहरी बृत्त थानकोटले केहि दिन यत्ता चोरीमा संम्लङन व्यक्तिहरुलाई समाई मुद्धा चलाउदा पनि चन्द्रागिरिमा चोरीका घटनामा बृद्धि भईरहेको हो ।

गए राति चन्द्रागिरि नगरको सचिवालय र नगर प्रमुख कै कार्यालयमा चोरी भए पछि चोर को बिगबिगी को असरबाट नगर प्रमुख घनस्याम गिरी स्वयम् पनि अछुटो रहेन ।

राति नगरपालिकाको कार्यालयको भवन पछाडीबाट भर्याङको प्रयोग गरि भवनको पहिलो तलामा रहेको प्रमुखको कार्यकक्षमा प्रबेश गरेर चोरी भएको हो । विहान चोरी भएको सुचना प्राप्त गर्ना साथ महानगरीय प्रहरी बृत्त थानकोट वाट टोली परिचालन भएको थियो ।

कर्यालयमा रहेको कम्युटर सिपिओ , सिसिटिभिको स्क्रिन समेत चोरी भएको छ । चोरले सिसिटिभिका साथै सिसिटिभिमा जडान गरिएको हाडड्राईभ समेत चोरी गरि लगेको वुझिएको छ ।

घटना स्थलमा हेर्ने हो भने, कार्यकक्षमा रहेको दराज फोडेर खोतलखातल गरेको र चोरले त्यहि बसेर रेडवुल र केहि खाएको जस्तो देखिन्छ ।

मेयरको कक्षसंगैको सचिवालय कार्यालयको कम्युटर , टिभी , सिसि टिभिको स्क्रिन पनि लगिएको छ । नगरपालिकामा सुरक्षाका लागि कार्यालयमा सुरक्षाका लागि व्यत्ति राखे पनि सुरक्षाका लागि कार्यालयमा सुरक्षा प्रतिनिधि भएकै ठाउँवाट चोरले नगरपालिकै वाट सामान चोर्नु गम्भिर विषय बनेको छ ।

पछिल्लो समय चन्द्रागिरिमा दिउसै चोरीको घटना बढ्नाले हामी त्यति सुरक्षित छैनौ भने देखाएको छ । चन्द्रागिरि नगरपालिकाले सिसिटिभि जडानमा ढिलाई गरेकै कारण पनि चोरीका घटनामा बृद्धि भएको हो । चोरी नियन्त्रण गर्न नगरले सवै वडाहरुमा सिसिटिभि जडानमा महत्वपुर्ण भुमिका खेलोस ।