चन्द्रागिरि नगरपालिकामा बिदेशवाट अाएकाहरूकाे स्वाप परिक्षण सुरू

राेसन दानी २२ चैत्र काठमाडौं

चन्द्रागिरि नगरपालिका नगरपालिकामा (काभिड १९) कोरोना भाइरसको स्वाप परिक्षण संकलन सुरू गरिएको छ ।

चन्द्रागिरि १५ तिनथाना र चन्द्रागिरि ७ महादेवस्थानमा काभिड १९- कोरोना भाइरसको स्वाप परिक्षण संकलन सुरू गरिएको हाे ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ काे वडा अध्यक्ष ईन्जिनियर उत्तम बहादुर राउतले चन्द्रागिरी नगरपालिका र सशस्त्र प्रहरी बल अस्पताल बलम्वु अस्पतालकाे प्राविधिक सहयाेगमा बिदेशवाट अाएका र हाेम क्वारेन्टाइनमा वसेका हरूलाई स्वाप परिक्षण र नमुना सकल गरिने बताए ।

ईन्जिनियर राउतका अनुसार चन्द्रागिरि १४ र वडा नम्बर १५ मा रहेका बिदेशवाट अाएका संयुक्त रूपमा १५ नम्बर वडा कार्यालयमा परिक्षण गरिएकाे बताए ।

१५ नम्बर वडामा अस्ट्रेलिया,कतार,बङ्गादेश,दुबई,भारतकाे बैङलाेर,दिल्लीबाट अाएका १३ जनाकाे स्वाप लिने काम भईरहेकाे छ भने १४ नम्बरवाट ११ जना बिदेश वाट अाएकाहरूकाे नमुना संकलन गरिनेछ ।

सशस्त्र प्रहरी बलका प्रबक्ता डिअाईजी प्रविन श्रेष्ठले सशस्त्र प्रहरी अस्पताल बलम्वु वाट अाएका दुई जना डाक्टर र स्वास्थ्यकर्मी सहित पाँच जनाकाे टाेली र नगरपालिकाकाे स्वास्थ्य टाेलीहरू परिचालित छन् । अाज उक्ति वडा सकिए पछि चन्द्रागिरि ५,६,७ नम्बर वडाकाे काम सुरू गरिने बताए ।उनलेे घाँटी,नाक र मुखवाट र्‍याल संकलन पश्चात् केन्द्रीय प्रयाेगशालमा जाचकाे लागि पठाईने बताए ।

नगरपालिकामा १४६ जना बिदेशवाट अाएकाहरू हाेम क्वारेन्टाइनमा रहेका छन् ।