चन्द्रागिरि नगरपालिकामा प्रहरी हुँ भन्दै लुटपाट गर्ने ३ जना पक्राउ

काठमाण्डौँ, चन्द्रागिरि नगरपालिका ४ पानिघाट स्थित जंगलमा काठमाण्डौँबाट मकवानपुर तर्फ गइरहेको प्र. ३ –०१–२३ च – ११०९ नम्बरको एम्बुलेन्स जवर्जस्ती रोकी लुटपाट गर्ने निम्न ३ जना पक्राउ गरीएको छ ।
लक डाउनलाई थप प्रभावकारी बनाउन गणेशमान मार्गमा रातको समयमा हुनसक्ने आवतजावत तथा अपराधिक कृयाकलापलाई नियन्त्रण गर्ने उदेश्यले उक्त स्थानमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले लुटपाटमा संलग्न व्यक्तिहरूलाई उक्त घटनामा प्रयोग भएको २ वटा मोटरसाईकलहरू (प्रदेश ३–०२–००३ प ४७७७ र बा ७१ प ६९४५ नम्बरको) सहित पक्राउ गरीएको हो ।
निजहरूको साथबाट नगद रू ३३,८९५।, विभिन्न कम्पनिका मोवाईलहरू ६ वटा समेत बरामद गरीएको छ ।
पक्राउ गरीएका व्यक्तिहरूः
१. जिल्ला काठमाण्डौँ चन्द्रागिरि न.पा. वडा नं. ४ घर हुने वर्ष २४ को सरोज कामी (वि.सी)
२. जिल्ला काठमाण्डौँ चन्द्रागिरि न.पा. वडा नं. ४ घर हुने वर्ष ३१ को राम भगत शाही
३. जिल्ला काठमाण्डौँ चन्द्रागिरि न.पा. वडा नं. ४ घर हुने वर्ष २७ को शिव शाही
निजहरूले गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा समेत तरकारी ढुवानी गर्ने बा४ ख ९९० नं को Eicher तथा ग१च ७६३३ नं को बोलेरोमा सवार चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी भनी कुटपिट तथा लुटपाट गरेको खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरू उपर मुलुकी अपराध ऐन २०७४ को तपसिलमा उल्लेखित दशी सहित फेला पारी पक्राउ गरी चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त थानकोट जनाएक छ ।