चन्द्रागिरि नगरपालिका १२ बलम्वु दुरसञ्चार, एसईई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरिन

चन्द्रागिरि नगरपालिका १२ बलम्वु दुरसञ्चार नजिकै एसईई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा नम्वर ७ घर भई चन्द्रागिरि–१२ बलम्बु स्थित बलम्वु माविबाट यो वर्ष एसईई परीक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा सदीक्षाले ‘ए प्लस’ नआएको भन्दै आत्महत्या गरेको हुनसक्ने बताउनुभएको छ । प्रहरीका अनुसार सदीक्षाको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।