चन्द्रागिरी ८ ले कोरोना प्रकोप बीच सक्रिय स्वयं सेवकहरुलाई स्वास्थ्य बिमाको व्यवस्था गरेको छ :वडा अध्यक्ष सन्तोष खड्का

काठमाडौं बैशाख ३०। विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । देशमा कोभिड–१९ को सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । अहिले विश्व नै कोरोना प्रकोप संग जुधिरहेको छ अनि यसको अग्रिम मोर्चामा रहेका छन स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , संचारकर्मी र त्यस मोर्चाको कमान्डर बनेर सक्रिय बनेका छन जनताका प्रतिनिधि।धेरै देशका राष्ट्र प्रमुखहरु नै संक्रमित बने पनि यस प्रकोपलाई परास्त गर्नका लागि डटिरहेका छन।अदृश्य शत्रु संगको लडाईमा जनताको सेवामा नेपालका जनप्रतिनिधिहरु पनि सक्रिय रहेका छन।

न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन् चन्द्रागिरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष खड्का  । स्थानीयको सहयोगमा कोरोना जोखिम न्यूनीकरणका लागि आफ्ना सहयात्री वडा सदस्य सहित स्थानीय संग अहोरात्र  खटिरहेका उनले राहत वितरण ,अभिलेख संकलन,हात धुने स्थान र सामग्री व्यवस्थापन ,सामाजिक दुरी कायम गराउने ,स्वास्थ्य जांच संग संगै नगर तथा वडावासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन ।

केहि समय अघि आफै मातृ शोकमा डुबेका उनले संकटको बेलामा आ -आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध  गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरे देखि  आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने  उनले वडा बासीलाई सामजिक दुरी कायम गर्न अनुरोध गरेका छन ।

कोरोना सङ्क्रमणको शुरुमा स्वास्थ्य विज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने  , मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न सुझाए पनि त्यो बेला नागरिकमा चेतना आइनसकेको बताउदै त्यसको लागि ब्यापक जनचेतना जगाउने काममा सबैको सहयोग प्राप्त भएको बताए। बन्दाबन्दी पालना गराउन माइकिंग गर्ने देखि राहत वितरणमा समेत समन्वयकारी भूमिका खेलेका उनले लकडाउनका कारण प्रभावित बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको पहिचान गरि राहत उपलब्ध गराएको पनि  बताए ।  उनले पहिलो चरणमा वडा बाट १०४३ जनालाई राहत बितरण गरिएको पनि जानकारी गराए।

उनले कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका खाना वितरण गरिएको जानकारी गराउदै दैनिक ६ सय भन्दा बढीलाई खाना खुवाईदै आएको बताए ।उनले सो अभियान लकडाउन अवधिभर रहने बताउदै उक्त अभियानमा सक्रियपुर्वक सहयोग गर्ने स्वयं सेवक एबम सहयोगी दाताहरुलाई चन्द्रागिरि नगरपालिका वडा नं ८को  तर्फ बाट धन्यबाद ज्ञापन गरेका छन । साथै वडाले कोरोना प्रकोपको बीच स्वयं सेवकको भूमिकामा सक्रिय रहेका ४०जना  स्वयं सेवकहरुको लागि एक बर्षको लागि एक लाखको स्वास्थ्य बिमा गरिएको पनि जानकारी गराए।उनले वडा नं ८ मा विदेस बाट आएका कुल २८ जना जनाको RDT परिक्षण गरिएको जानकारी दिदै अध्यक्ष खड्काले कसैको पनि पोजेटिभ नदेखिएको  बताए ।