चाइना फाउन्डेसनले चन्द्रागिरि र नार्गजुनका विद्यालयका विद्यार्थीहरुलाई खाद्य सामाग्री प्रदान

रोशन दानी

१६ जेठ काठमाण्डौं । कोरोना भाईरसर कोभिड १९ का कारण खाद्यय समस्यामा परेका विद्याथीहरुलाई चाईना फाउण्डेसनले सहयोग गरेको छ ।


प्रदेश नम्वर ३ का माननिय सांसद केशव पोखरेलको पहलकदमीमा चन्द्रागिरि र नार्गजुन नगरपालिकामा रहेका विद्यालयमा अध्ययणरत विद्याथीहरुलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरिएको हो ।

चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन,अलिवाव फिल्यान्ड ट्रफिको आर्थिक सहयोगमा र राष्ट्रिय अपाङग तथा पुन स्थापना समाजका अगुवाईमा २३८३ जना विद्याथीहरुलाई खाद्य सामाग्री प्रदान गरिएको चाईना फाउण्डेसनकी कन्ट्री डाईरेक्टर जाउँ छिसियानले बताईन ।

बागमती प्रदेश सांसद केशव पोखरेलले चन्द्रागिरिका पाँच ओटा विद्यालय मध्य श्री कृष्ण माध्यमिक विद्यालायका १९५ विद्यार्थी,श्री विष्णु देवि माध्यमिक विद्यालाय, श्री मंगल मावि माध्यमिक विद्यालाय नैकाप १४ विद्या मन्द्रिर माध्यमिक विद्यालाय ,बलम्वु माध्यमिक विद्यालाय का १२४७ जना र नार्गजुन नगरपालिका स्थित जनउधार माध्यमिक विद्यालाय ६५ जना , अमरज्योती माध्यमिक विद्यालाय ३६५ ,रत्न राज्य माध्यमिक विद्यालाय ,१७८ सिताराम माध्यमिक विद्यालाय२००, मजुवा माध्यमिक विद्यालाय ४७ ,बालबोध माध्यमिक विद्यालाय ४७, सरस्वती आधारभुत्त विद्यालय ३४ जना विद्यार्थीहरुलाई खाद्य सामाग्री हस्तारण गरिएको बताए ।

फाउण्डेसनले प्रति विद्यार्थी एक बोरा चामाल, पाँच किलो किलो दाल र तिन लिटर तेल वितरण गरेको चन्द्रागिरि नगरपालिका दहचोक १ का वडा अध्यक्ष राजेन्द्र केसीले बताए ।

उक्त फाउन्डेसनले विद्यार्थीलाई खानिपानी सहजीकरण गर्न पानी ट्यान्कि पनि प्रदान गरेको छ । फाउण्डेसनले विद्यालयहरुमा शैक्षिक सामागी,दिवा खाजा लगायत विविध कार्यमा सहयोग पुर्याउदै आएको छ ।चन्द्रागिरि नगरपालिका १ मा सवै राजनितिक दल नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा लगायतका पाटी प्रतिनिधि समाजिक अगुवाहरु लगायतको उपस्थ्तिि रहेको थियो ।