चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लवकप फुटबल प्रतियाेगितामा ब्लु बेल फुटबल क्लब र वराकल रे स्पोर्ट्स एकेडेमीको विजयी सुरुवात

चन्द्रागिरि, चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत मंगलबार पहिलो खेलमा ब्लु बेल फुटबल क्लब, बाद भन्ज्यांगले दहचोक ग्रीन टाउन, दहचोक माथि  २-० को सहज जित हात पार्यो । खेलका नायक ब्लु बेल फुटबल क्लबका रबिन खनालले २ गोल गर्दै म्यान अफ द म्याच पनि घोषित भए।

दिनको अन्तिम खेलमा निर्धारित समय १-१ गोल बराबरीमा सकिएपछि पेनाल्टी शूटआउटमा वराकल रे स्पोर्ट्स एकेडेमी, नैकापले मदन भण्डारी एकेडेमी, थानकोटमाथि ५-४ को विजय हासिल गर्यो । खेलका म्यान अफ द म्याच मदन भण्डारी एकेडेमीका अंगे (आइभरी कोस्ट बिदेशी खेलाडी) बने ।