जथाभावी बाटो काटे २ सय रूपैँया जरिवाना, पैसा नभए ३ घण्टा सचेतना कक्षा

चन्द्रागिरि ।

उपत्यकामा मंगलबारबाट जथाभावी बाटो काट्ने पैदलयात्रीलाई ट्राफिक प्रहरीले कारबाही गर्न सुरु गरेको छ । जथाभावी बाटो काट्दा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक संस्कारको विकास गर्न यो अभियान आजबाट सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जथाभावी बाटो काट्ने पैदलयात्रीलाई ट्राफिक प्रहरीले कारवाही स्वरुप २ सय रुपैयाँ जरिवाना गरेको छ र जरिवाना तिर्न नसकेको अवस्थामा ३ घण्टा नियन्त्रणमा लिई सचेतना कक्षा गराई छाडिएको छ । जेब्राक्रसिङ्ग, आकाशेपुल र सब-वे बाट बाटो काट्नु पर्ने, सडक पेटी भएको ठाउँमा सडकपेटीबाट र नभएको ठाउँमा सडकको दाहिने किनाराबाट हिँड्नु पर्ने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले तोकेको छ । 

प्रहरीले यस अघि दुई महिनासम्म सचेतना अभियान चलाएको थियो