जनताकाे सुख दुखमा नेपाली सेना

काठमाडौं १० फागुन

नेपाली सेनाले सामाजिक काममा सक्रियता बढाउँदै आएको छ । थानकाेट स्थित पानीघाटमा रहेकाे नेपाली सेनाकाे बृजिङ्ग महाशाखा र थानकोट जेसिजकाे अायाेजनामा मणीहर्ष जाेती वृद्धा अाश्रमका १० जना अामाहरूलाई न्यानाे कम्मल र चुनदेवी माध्यमिक बिधालयका विद्यार्थी लाई विभिन्न किसिमका खेलकुद सामाग्री हस्तान्तरण गरेकाे हाे ।

पछिल्लो केही दिनयता नेपाली सेनाको बृजिङ्ग महाशाखाले यहाँको चन्द्रागिरिमा सामाजिक कार्यमा कृयासिल भईरहेकाे छ।
हाम्राे फुलवारी कार्यक्रम अन्तर्गत सेनाले एउटै मञ्च वाट बिधालयलाई खेलकुद सामाग्री , न्यानाे कपडा वितरण,साँस्कृतिक कार्यक्रम, सेना सम्बन्धि वृत्तचित्र प्रर्दशनी कार्यक्रमको अायाेजना गरेकाे सेनाले जनाएकाे हाे ।

महाशाखाले चन्द्रागिरि ४ मा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्रको अामाहरूलाई सेनाकाे गाडीमा ल्याई समान सहित न्यानाे कम्मल वितरण गरेकाे र सेनाकाे अग्रसरतामा सामाजिक काम पश्चात स्थानियहरूमा खुशी पैदा गराएकाे स्थानिय तथा समाजसेवी ईश्वर लामाले वताए ।

नेपाली सेना अन्तर्गत बृजिङ्ग महाशाखाका प्रमुख सेनानी पवन थापाले नेपाली सेनाले पहिलाे कार्यक्रम वाटै स्थानीयहरू मा देखीएकाे उत्साहले अवका दिनहरूमा अझ समाजमा अावश्यक पर्ने सामाजिक कार्यमा अघि वढ्ने वताए ।
कार्यक्रममा १४ नम्बर वाहिनी पति सहायक रथि श्री नरेस सुव्वाले नेपाली सेनाले समाजकाे हरेक सुक्ष्म समस्यहरू नजर अन्दाज गर्दै सामाजिक रूपान्तरणमा नेपाली जनताहरू संगै रहेर सामाजिक दायित्व वाेद गर्ने कुरामा सधै अग्रसर रहेकाे वताए ।

त्यसैगरी नेपाली सेना र स्थानिय कलाकारहरू वाट भव्य साँस्कृतिक कार्यक्रम समेत गरिएकाे हाे । कार्यक्रममा चन्द्रागिरि ३ का वडा अध्यक्ष दुर्गालाल महर्जन , ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गी थानकोट जेसिजका संस्थापक नन्द दास अमात्य लगायतको उपस्थिति रहेको थियाे ।