टीकापुर घटनामा दोषी सांसद रेशम चौधरीलाई जन्मकैदकाे फैसला

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी रहेको भन्दै सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले बुधवार फैसला मुद्धाको फैसला गर्दै घटनामा सांसद चौधरी दोषी भएको ठहर गरेको हो ।

जिल्ला अदालतले सांसद चौधरीसहित घटनामा संलग्न ११ जनालाई जन्मकैदको फैसला गरेको हो । जिल्ला अदालतले लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीसहित तीन जनालाई भने सफाई दिइएको छ ।