थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माणका सम्पूर्ण तयारी पूरा

काठमाडौं । देशभरबाट राजधानी भित्रिने मुख्य नाकाको रूपमा रहेको थानकोट–नागढुङ्गा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा भएको खबर आजको गोरखापत्रमा छापिएको छ ।

माचारका अनुसार सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

“उक्त सुरुङमार्ग निर्माणका लागि हामीले सम्पूर्ण तयारी पूरा गरेर निर्माण लागत अनुमानसहितको कागजात जापानी सहयोग नियोग ९जाइका० मा पठाएका छौँ, जाइकाको अन्तिम स्वीकृतिपछि सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर ९बोलपत्र० आह्वान गरिने छ” उहाँले भन्नुभयो, “हामी जाइकाको स्वीकृति पत्र कुरेर बसेका छौं, हाम्रो तर्फको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।” बोलपत्र आह्वानका लागि समेत सम्पूर्ण तयारी भइसकेको जानकारी उहाँले दिनुभयो ।

जाइकाले छिट्टै नै स्वीकृति प्रदान गर्ने विश्वास नेपाल पक्षको रहेको उहाँले बताउनुभयो । जाइकाको सहयोगमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न भइरहेको हुनाले अन्तिम स्वीकृति अनिवार्य रहेको उहाँले स्पष्ट पार्नुभयो । यसअघि जाइकासँग १७ अर्बको रुपियाँको ऋण सम्झौता भइसकेको छ । उक्त सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ०।१ प्रतिशतको ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराएको हो । नेपाल सरकारले सो ऋण करिब ३० वर्षमा तिर्नुपर्ने छ ।

थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने गरी निर्माण गर्न लागिएको सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा भएको बताउँदै उहाँले सन् २०२१ सम्म सो सुरुङमार्गको निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो । प्रस्तावित सुरुङमार्गको कुल लम्बाई साढे दुई किलोमीटर र चौडाइ करिब १२ मिटर हुनेछ । थानकोटमा रहेको अहिलेको सडकखण्डबाट सुरुङमार्गको बाटो तल झर्ने र १५ सय मीटरको ‘अप्रोच’ बाटोपछि सुरुङमार्ग शुरु हुने उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । सुरुङमार्गको उचाइ आठ मीटर हुनेछ ।