धादिङ बस दुर्घटनाः मृतककाे संख्या ५, चन्द्रागिरि नगरपालिका सीता थपलिया, वर्षीय विशाल गिरी र वर्षीय राजकुमार सुवेदी

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । उनका अनुसार ३ मृतककाे सनाखत भइसकेकेा छ ।

मृतकमध्ये चन्द्रागिरि नगरपालिका, काठमाडौँकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदीको मात्र सनाखत भएको हाे । अन्य २ काे सनाखत हुन बाँकी छ ।

आइतबार बिहान ना७ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए।

दुर्घटनामा २८ जना घाइते छन्। घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। गजुरी प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुंगेललेका अनुसार मृतकको सनाखत भईनसकेको जानकारी दिए ।