निको भएर घर फर्किए चन्द्रागिरि नगरपालिकाका ५ जना कोरोना संक्रमित

चन्द्रागिरि नगरपालिकाका ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोरोना जितेका उनीहरु अस्पतालबाट घर फर्केका हुन्।

संक्रमण पछि दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको  चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए ।

५ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

चन्द्रागिरि नगरपालिका वडा न १, ९, १०, ११ र १२ का १-१ गरी ५ जनाको डिस्चार्ज भएको हो।

उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको महर्जनले बताए ।

साथै चन्द्रागिरि नगरपालिका वडा न ९ मा थप एक जना कोरोना संक्रमित भेटिएको छ। कोरोना संक्रमित पुरुष चन्द्रागिरि नगरपालिका वडा न ९ निवासी हुन्। चन्द्रागिरि नगरपालिकाकामा सङ्क्रमितको कुल सङ्ख्या ६ पुगेको छ। अहिलेसम्म ५ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।