Home मुख्य नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १२७

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १२७

0
नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १२७

२९ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन्।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४,९५७ पुगेको छ।