न्यु भिजन एकेडेमी स्कूल अगाडी बातो धलान हुने

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकास्थित सतुंगल १० न्यु भिजन एकेडेमी स्कूल अगाडी बातो मर्मत तथा धलान हुने भएको छ । सडक धलानका लागि अावश्यक निर्माण सामाग्रीको व्यवस्थापन भइरहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन महर्जनले चन्द्रागिरिन्यूज लार्इ जानकारी दिए । सडक धलानका लागि निर्माण सामाग्री सडकमै थुपारिँदा सो सडकमा सवारी अावागमन अवरूद्ध हुने भएको छ ।

सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा बोसिँगाउँ मातातीर्थ सडक प्रयोग् गरिरहेका छन् ।