पाँचौ धनबहादुर स्मृती रास्ट्रिय अफिसियल कराँते प्रतियोगिता सम्पन्न

चन्द्रागिरी नगरपालिका क्षेत्रमा कराँते कलाका सुत्रधार नेपाल सितोरियो कराँतेका संस्थापक सदस्य, समाजसेवी तथा प्रजातन्त्रबादी नेता स्वर्गीय धन बहादुर महर्जनको स्मृतिमा धन बहादुर खेलकुद प्रतिष्ठानको आयोजनामा चन्द्रागिरी न पा-१० बोसिगाँउमा पाँचौ रास्ट्रिय अफिसियल कराँते प्रतियोगिता-२०७६ येहि पौष २५ र २६ गते सम्पन्न भएकोछ ।माननीय पुर्व गृहमन्त्री भिमसेन दास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा ३५० जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए। पुरुष तर्फ प्रदेश ४ का ब्रबिम गुरुङ तथा महिला तर्फ अन्जली महर्जन बेस्त प्लयेर घोषित भएका छन भने जुनियर कातामा सन्दीप राई र सिनियर कातामा माया चौधरिले स्वर्ण पदक जितेका छन्।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ,संबिधान सभाका सदस्य माननीय जिबनराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन समारोहका कार्यक्रममा प्रमुक अतिथिले बिजेता खेलाडी, रेफ्री तथा अतिथिहरुलाइ मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो। ४ स्वर्ण जितेर प्रदेश ५ को टिम तेस्रो हुन सफल भयो भने ५ स्वर्ण जितेर नेपाल ए पि एफ स्कुल दोस्रो अनि ६ स्वर्ण जितेर आयोजक टिम प्रथम हुन सफल भएको छ । सम्पुर्ण खेलाडीहरुलाइ बधाई तथा थप हौसला दिई विभिन्न सहयोगी ब्यक्ति संघ संस्थाहरुलाइ धन्यवाद दिदै आयोजक धनबहादुर खेलकुद प्रतिस्थानका अध्यक्ष तथा वरिष्ठ कराते प्रशिक्षक संघरत्न महर्जनले प्रतियोगिता समापनको घोषण गर्नु भयो । फोटो : sanjyzshot Production