Home मुख्य फास्ट ट्रयाक निर्माणमा खोकना क्षेत्रको विवादमा सर्वपक्षीय छलफल

फास्ट ट्रयाक निर्माणमा खोकना क्षेत्रको विवादमा सर्वपक्षीय छलफल

0
फास्ट ट्रयाक निर्माणमा खोकना क्षेत्रको विवादमा सर्वपक्षीय छलफल

काठमाडौँ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ- तराई जोड्ने फास्ट ट्रयाक अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखिएको विव का विषयमा सर्वपक्षीयछलफल भएको छ ।

रक्षामन्त्री इश्वर पोख्रेलको उपस्थितिमा भएको सो छलफलमा मुआब्जाको विषयलाई पुनरावोलकन गर्न, सांस्कृतिक सम्पदाहरुलाई बचाउन र स्थानीय जनतालाई विस्थापित हुन नदिनको लागि सबै प्रतिनिधिहरुले उठाउनु भएको समस्याहरुलाई गहन छलफल गरी प्रकृयागत रुपमा निर्णय गर्ने विषयमा छलफल भएको छ ।

कार्यक्रममा आयोजनाको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाधिकृत रथी पूर्णचन्द्र थापाले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । आयोजनाका प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले आयोजना सम्बन्धी जानकारी गराएका थिए भने खोकना ईलाकाको समस्या सम्बन्धी जानकारी सहायक रथी भरत बहादुर खड्काले गराएका थिए ।

उक्त कार्यक्रममा स्थानीय प्रतिनिधीहरुले जग्गाको समयानुकुल उचित मुआब्जा दिन र उक्त ईलाकाको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा पहल गर्न आग्रह गर्दै नेपाल सरकारको परियोजनाहरु चक्रपथ, स्मार्ट सिटी, बाग्मती कोरिडोर,  १३३ के.भि.ए. प्रशारण लाईन उक्त स्थानमा पर्दा खोकनाको अस्तित्व नै खतरामा पर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रकी प्रवक्ता एवं प्रतिनिधि सभा संसद पम्फा भुषालले आयोजना बन्न सहयोग गर्नु पर्ने तर समय सापेक्ष अनुसार मुआब्जा उपलब्ध गराउन उर्पयुक्त हुने विचार व्यक्त गरेकी थिइन् । रक्षामन्त्री पोखरेलले मुआब्जाको विषयलाई पुनरावोलकन गर्न, सांस्कृतिक सम्पदाहरुलाई बचाउन र स्थानीय जनतालाई विस्थापित हुन नदिनको लागि सबै प्रतिनिधिहरुले उठाएका समस्याहरुलाई गहन छलफल गरी प्रकृयागत रुपमा निर्णय गर्ने कुरामा ढुक्क हुन आश्वसन दिएका थिए ।

फास्ट ट्रयाक अन्तर्गत खोकना क्षेत्रमा जग्गा अधिग्रहणको सूचना अनुसार गरिएको मुल्यांकन अपुग तथा समय सापेक्ष नभएको भनि खोकना ईलाकाका स्थानीय बासिन्दाहरुले मुआब्जा नबुझी विरोधका कार्यक्रमहरु गर्दै आईरहेका छन् ।

कार्यक्रममा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री, रक्षा सचिव विष्णु प्रसाद लम्साल, नेपाली सेनाका रथीवृन्दहरु र नेपाली सेनाका सम्बन्धित विभागका अधिकृतहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । साभार:- खरिबोट