फेरि समात्यो नागढुगा प्रहरीले एक किलो सुन

रोशन दानी

१५ साउन काठमाण्डौं । अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब १ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा थुमान १ घर भएका वर्ष ३२ का पेम्वा डुन्दुप तामाङ रहेका छन् । उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाका अनुसार बिशेष सुचनाको आधारमा रसुवा बाट काठमाडौंतर्फ आउँदै गरेका बा ९० प २७३६ नम्बरको मोटरसाईकलमा गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा एक केजी सुन जस्तो दखिने पहेलो धातु वरामद गरिएको बताए । थानकोट प्रहरी प्रमुख थापाले भने, सुन हो या होईन भने कुरा परिक्षण पश्चात मात्र पुष्टि हुने हो त्यसै हामीले परिक्षण ल्यापमा टेष्ट नगरिकन सुननै हो भनेर यकिन भन्दैनौ ।

मोटर साईकल चढेर आएको व्यक्तिले कम्वरमा वाढेर ल्याएको अवस्था वाट पक्राउ गरेको प्रह्रीले बताएको छ ।

१ किलो सुनको विष्कुटलाई चार टुक्रा पारे ल्याएका रहेछन महानगरिय प्रहरी प्रभाग नागढुगाका प्रहरी निरिक्षक ज्ञान वहादुर खड्काले बताए ।उनको अहिले अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।तामाङ रसुवा हुँदै सुन कम्बरमा बोकी काठमाडौं आउँदै गरेको प्रहरीलाई सुचना आएको थियो ।