बामगठबन्धनकी उम्मेदवार रमा अाले मगर भन्छिन् ” स्थानीय प्राकृतिक श्रोतको सदुपयोग गरि प्रदेशको संवृद्धि मेरो प्रमुख एजेण्डा “

चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् । घरदैलो कार्यक्रम, अामसभा, चियापान कार्यक्रम अादि नाम दिइएका कार्यक्रमा मतदाता अाफुतिर तान्न राजनीतिक दलका नेता कार्यकर्ताहरूलार्इ भ्याइ नभ्याइ छ । चन्द्रागिरिन्युजले प्रदेश नं. १० ख का बाम गठबन्धन अन्तर्गत नेकपा एमालेकी उम्मेदवार रमा अालेमगर सँग विशेष कुराकानी गरेको छ । रमा अालेमगर अाफुलार्इ सक्षम महिला नेतृ भएको अाधारमा उम्मेदवार बनाएको दाबी गर्छिन् । अाले मगरले चन्द्रागिरि नगरको प्राकृतिक सम्पदाको उचित उपयोग गर्न नसक्दा यस क्षेत्रले अासातित विकास हुन नसकेको धारणा राखेकी छन् । भिडियो हेराैँ ।