मध्यरातमा प्रधानमन्त्री ओली, प्रचण्ड र विष्णु पाैडेल चान्द्रागिरी रिसोर्टमा

श्रीहरि थापा,
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेतासहित चन्द्रागिरी रिसोर्टमा पुगेका छन । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यायामा प्रधानमन्त्री ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव विष्णु पौडेल र सोही पार्टीका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापासहित चन्द्रागिरी पुगेको छ।

यसअघि नै चन्द्रागिरी जाने तय भए पनि नेकपा नेताहरूले यो बसाइलाई गोप्य नै राखेका थिए । यसअघि भनिएको जस्तो भए नेकपाभित्रको एकताको मिल्न बाँकी विषय चन्द्रागिरी रिसोर्टमा मिल्ने छ। चन्द्रागिरी हिल्सको रिसोर्ट केही समयअघि मात्र सञ्चालनमा आएको छ । केही दिनअघिमात्र प्रचण्ड परिवारसहित एक रात बिताएर फर्किएका थिए ।