Home ब्रेकिंग न्युज महाअभियोगः कोसँग कसको प्रतिशोध ?

महाअभियोगः कोसँग कसको प्रतिशोध ?

0
महाअभियोगः कोसँग कसको प्रतिशोध ?
sfg'g lbj;df hnkfg ;df/f]xsfod d'sfod k|wfg Gofolwz ;'zLnf sfsL{ sfg'g lbj;–@)&# sf cj;/df cfOtaf/ ;jf{]Rr cbfntdf cfof]lht hnkfg ;df/f]xdf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, वैशाख १७ –

निलम्बित प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लागेको महाअभियोग के कारणले लगाइयो भन्ने विभिन्न अडकलवाजीहरु भइरहेका छन् । विगत हेर्ने हो भने उनी दुवै सत्तारुढ पार्टीसँग नजिक रहेको देखिन्छ ।

सुशीला कार्की एकसमयमा काँग्रेसका पूर्णकालिन कार्यकर्ता थिइन् । २०२९–३० तिर उनी विद्यार्थीको नेताको रुपमा सक्रिय भएर पार्टीमा लागेका थिइन् । तर, विस्तारै पार्टीसँग उनको सम्बन्ध ब्रिग्रिदै गएको र पछि उनले नेपाली काँग्रेसका नेताहरुसँग प्रतिशोधको रुपमा प्रस्तुत हुन थालेको काँग्रेस नेताहरु बताउँछन् ।

न्यायधिश हुँदा नै उनी काँग्रेसका नेताहरुलाई लक्षित गरेर मुद्दामा फसाउने गरेको काँग्रेस नेताहरुको आरोप छ । प्रधानन्यायाधिश भएपछि उनले काँग्रेसका नेतालाई देखि नसहेको आरोप छ ।

२०३० सालमा विराटनगरबाट हवाईजहाज अपहरण हुँदा कार्की र नेपाली काँग्रेसका तत्कालित चर्चित नेता दुर्गा सुवेदीबीच प्रेम सम्बन्ध नै निकै चर्चा कमाएको थियो ।


महाअभियोगको घटनापछि कुरा गर्दै काँग्रेसका एक नेताले कार्कीको बारेमा भने, ‘हवाई जहाजका मुख्य योजनाकार नै दुर्गा सुवेदी थिए । हवाईजहाज अपहरणपछि समातिने डरले दुर्गा सुवेदी भूमिगत भएका थिए । त्यस अवस्थामा पनि कार्की दुर्गा सुवेदीलाई भेट्न जान्थिन् ।’

सोही भेटघाटको क्रममा उनले दुर्गा सुवेदीलाई काँग्रेसविरुद्ध भड्काएको ती काँग्रेस नेताको भनाई छ । बीपी कोइरालाले सुवेदीलाई समाप्त पार्ने योजनासमेत बनाएको कुरा कार्कीले सुवेदीलाई सुनाएपछि उनलाई काँग्रेसप्रति वितृष्णा जाग्न थालेको थियो । पछि कार्कीकै सल्लाहमा सुवेदीले प्रहरी कहाँ आत्मसमर्पण गरेका थिए ।

सुवेदी प्रहरीको हिरासतमा गएपछि उनले भटाभट नेपाली काँग्रेसका नेताहरुलाई समात्न लगाएको आरोप उनीमाथि लाग्ने गरेको छ । त्यसबेला मनहरी बराल, सुशिल कोइराला, चक्रबहादुर बाँस्तोलालगायत नेताहरु त्यसबेला समातिएका थिए ।

काँग्रेस नेताहरुको आरोप छ, ‘यी सबै गराउने काम कार्कीले गराएकी थिइन् ।’

दुर्गा सुवेदी छुटेपछि पनि काँग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध बन्न सकेका थिएन । यहाँसम्म कि विराटनगरमा दुर्गा सुवेदी गिरीजाप्रसाद कोइरालाविरुद्ध नै चुनाव लडे ।

पछि कार्कीले आफ्नो क्याम्प नै बदलिन् । माओवादी शान्ति प्रकृयामा आएपछि उनी माओवादी निकट भइन् । र, माओवादीको कोटाबाट न्यायाधिश पनि भइन् ।

काँग्रेसका मान्छे भएर माओवादी कोटाबाट न्यायाधिश बनेको कारण त्यसबेला पार्टीभित्र नेतृत्वको निकै आलोचना पनि भएको थियो । सुशिला कार्कीसँग दुर्गा सुवेदी पनि माओवादी निकट भए ।

फागुनमा दुर्गा सुवेदी विरामी हुँदा काँग्रेस नेताहरु कोही भेट्न गएका थिएनन् । तर, प्रधानमन्त्री प्रचण्ड उनलाई भेट्न शिक्षण अस्पताल नै पुगेका थिए ।

प्रधानन्यायाधिश पनि माओवादीकै सहयोगमा बनेको पनि चर्चा छ ।

कार्कीले खुमबहादुर खड्कादेखि गोविन्दराज जोशी, जेपी गुप्तासम्मलाई जेल पठाइन् । त्यो बेलादेखि झन काँग्रेसका नेताहरु कार्कीसँग रुष्ट थिए । आइजीपी नियुक्ति प्रकरणमा पनि उनले काँग्रेस पार्टीसँग बदला लिनका लागि त्यस्तो भूमिका खेलेको पनि उनीहरुको आरोप छ ।

रातोपाटीडटकम बाट साभार ।