यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङकाे चन्द्रागिरिमा निशुल्क ट्रायल’ सुरू ।

काठमाडौँ । यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा अाज वाट चन्द्रागिरिमा शुरु गरेकाे छ । राजधानीकाे पश्चिम भेगमा रहेकाे नेपालकै ठुलाे भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारामा ठुलाे भ¥याङले आजदेखि निःशुल्क ‘ट्रायल’ सेवा सुरू गरेको हाे ।लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भ¥याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागले जनाएकाे छ।एकान्तकुनामा रहेकाे सुजुकी सेन्टरमा वाहेक तीन स्थानमा निशुल्क ट्रायल सञ्चालन अाएका हुन । सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भ¥याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए ।आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको हाे । सुकेधाराकाे र ठूलो भ¥याङ ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा आज २०३ जनाको ‘ट्रायल’ भएको अध्यक्ष राजेश घिमिरेल जानकारी दिनुभयो । ठूलो भ¥याङकाे पहिलो दिन आज भेहिकल एकेडेमीमा कार चालक अनुमतिपत्र लिन चाहनेको ‘ट्रायल’ भएकाे प्रवन्ध निर्देशक माधव प्रसाद अधिकारीले वताए । नेपालकै ठुलाे र अत्याधुनिक तरिकाले वनाईएकाे हुदा परीक्षार्थीहरूले निर्धक तरिकाले परीक्षा दिन कुनै समस्या नरहेकाे यातायात विज्ञ देवेन्द्र प्रधानले वताए ।६ कराेड लगानीमा निर्माण भएकाे अत्याधुनिक ट्रायल सेन्टर सरकारलाई र परीक्षार्थीहरूलाई ट्रायल दिन निशुल्क व्यवस्था गरिएकाे भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराका सञ्चालक राम नारायण घिमिरेले वताए ।
अरु सेवा पनि छिट्टै शुरु हुने केन्द्रले जनाएको छ ।

एकान्तकुना कार्यालयले भने १० वर्षका लागि शुल्क लिएर ‘ट्रायल’ लिने सम्झौता गरिसकेकाले निःशुल्क हुने छैन ।