राष्ट्रिय गानसहित नेपालको झण्डा इटालिको रोभेरेतोमा फहराईयो (फोटो फिचर)

काठमाडौँ : इटालिको त्रेन्तिनो प्रदेशको रोभेरेटो शहरमा अबस्थित Campana Di Canduti (Bell of Fallen) मा २४ जुन २०१८ मा नेपालको राष्ट्रिय झण्डा फहराईएको छ।

सो अबसरमा नेपालको र ईटालिको राष्ट्रिय गान समेत बजाइएको थियो। Bell of Fallen सन १९२४ मा प्रथम बिश्वयुद्धमा प्रयोग भएका तोपहरु पगालेर बनाईएको थियो। यो बिश्वकै ठूलो चलायमान घण्टी हो।

यो घण्टी ३.२६ मिटर अग्लो, ३.२१ मिटर गोलाई २२.६३९ टन वजनसहितको यो घण्टीको रालो मात्रै ६०० किलो रहेको छ। ८० बर्ष भन्दा बढीदेखि दिनहु बज्ने यो घण्टीले No More War को सन्देश दिने Bell of Fallen Foundation का Regent अल्बेर्टो रोबेल Alberto Robel ले जानकारी दिनुभयो।

उक्त स्थानमा ९५ देशको झन्डा पहिलेनै थियो र झन्डा राख्ने नेपाल ९६ औं मुलुक हो। Bell of Fallen मा झन्डा राख्ने निर्णय नेपाल सरकार मन्त्रीपरिषदले Nov १३, २०१७ मा गरेको कुरा कार्यक्रम आयोजक गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रबिन्द्र अर्यालले जानकारी दिनुभयो।

उक्त कार्यक्रमको अवधारणा ३ बर्ष अघिदेखिनै आएको र आवश्यक सरकारी प्रक्रिया पूरा गर्दागर्दै यति समय लागेको उहाँले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा इटालीमा रहेका नेपाली समुदाय, इटाली NRN का अध्यक्ष दिपेश रेग्मी, स्विजरल्याण्ड स्थित नेपालका राजदुत, इटालीको लागि नेपालका अबैतनिक महावाणिज्यदूत पाउलो नुगारी (Paulo Nugari), नेपालको लागि इटालीको अवैतनिक महावानिज्यदुत सबिना श्रेष्ठ, कार्यक्रम संयोजक फेडेरिका रिकाडोना (Federica Riccadona) मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल लगायतको उपस्थिती थियो।

उक्त कार्यक्रममा इटालिमा बसोबासगर्ने नेपालीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमलाई इटालिको रास्टृय समाचार माध्यमले समेत प्राथमिकताका साथ प्रसारण गरेका छन।

नेपाल टुरिजम बोर्डले समेत उक्त कार्यक्रमलाई प्राथमिकतामा राखी आवश्यक सहयोग गरेको थियो। यो कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धनका लागि समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रम सफल बनाउन परराष्ट मन्त्रालयला सह-सचिब युरोपियन डिभिजन प्रमुख घनश्याम भन्डारीको मुख्य भुमिका रहेको कुरा कार्यक्रम आयोजक गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रबिन्द्र अर्यालले जानकारी दिनुभयो।