शान्ति महिला कृषि समुहले १६ जना महिलाहरूलाई ड्राइभिङ प्रशिक्षण तालिम प्रदान

महिला सशक्तीकरणमा जाेड दिदै शान्ति महिला कृषि समुहले १६ जना महिलाहरूलाई ड्राइभिङ प्रशिक्षण तालिम प्रदान गरेकाे छ ।राजधानीमै सञ्चालित नेपालकाे पहिलाे अत्याधुनिक भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरकाे व्यवस्थापकिय सहयाेगमा एक महिने ड्राइभिङ प्रशिक्षण तालिम सुरू गरिएकाे हाे । शान्ति महिला कृषि समुहले एक कार्यक्रमकाे अायाेजना गरि चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीकाे प्रमुख अातिथ्यतामा एक महिने ड्राइभिङ प्रशिक्षण तालिमकाे उद्घाटन गरेका हुन। कार्यक्रममा वाेल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले महिलाहरू चुलाे र चाैकामा मात्र सिमित नभई समय परिवेश अनुसार चल्न सक्नु पर्ने वताए । उन्नले महिलाहरूमा हरेक प्रकारकाे सीप दक्षता भए महिलाहरू पनि पुरूष भन्दा कुनै कुरामा पछि नपर्ने वताए । मेयर गिरीले नगरपालिकाकाे हरेक वजेटमा महिलाहरूकाे सीप र दक्षता विकासमा नगरपालिका सधैव तयार रहेकाे समेत जानकारी दिए । कार्यक्रममा वाेल्दै शान्ति महिला कृषि समुहकाे अध्यक्ष तारा रानाले देशकाे वदलिदाे परिवेश संगै महिलाहरू अाफै अात्मनिर्भर हुनु पर्ने जाेड दिदै,महिलाहरू पनि अाफ्नै पाैरख र सिपमा वाच्न सक्ने वन्नु पर्ने वताईन । कार्यक्रममा महानगरीय प्रहरी प्रभाग वलम्वुकाे प्रहरी निरिक्षक सर्मिला गुरूङले महिलाहरू पछिलाे समय हरेक क्षेत्रमा जस्ताे सुकै माेडमा पनि उभिन सफल भएकाे भन्दै अवसर पाए महिलाहरू काेहि भन्दा पनि पछि नपर्ने जिकिर गरिन् । कार्यक्रममा वाेल्दै देव दर्शन साकाेसका अध्यक्ष तथा अत्याधुनिक भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक रामनारायण घिमिरेले पुरूष चालक भन्दा महिला दक्ष चालक उत्पादनमा जाेड दिन सक्याे भने सवारी दुरघर्टनामा कमि अाउने वताउदै, शान्ति महिला कृषि समुहले जुन महिलाहरूकाे हरेक किसिमको विकासमा याेगदान दिएकाेमा कदर गर्दै तालिमा विशेष छुट प्रदान गरएकाे जानकारी दिए । कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक एबं समाज सेवी देवेन्द्र प्रधानले समाजमा विधेमान महिला माथीहुने हिसां अन्त्य हुनु पर्ने वताउदै, महिलाहरूकाे सीप विकासमा सवैले अाअाफ्नाे ठाउँबाट सहयाेग गर्नु पर्ने वताए । कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक माधव अधिकारी लगायत जनसमुदायको उपस्थित थियो ।