सञ्चारकर्मी रोशन दानीको चोरी भएको मोटरसाइकल फेला पारेर हस्तान्तरण

काठमाडौं, १४ पुष । महानगरीय प्रहरी बृत्त कीर्तिपुरले सञ्चारकर्मी रोशन दानीको चोरी भएको मोटरसाइकल फेला पारेर हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी बृत कीर्तिपुरले विशेष सूचनाको आधारमा मकवानपुरका विभिन्न स्थानवाट शंकास्पद मोटसाईकल नियन्त्रणमा लिने क्रममा दानीको पल्सर २२० को मोटासाईकल फेला परे पछि बृत्त प्रमुख छेदीलाल कामतीले हस्तान्तरण गरेका हुन । सञ्चारकर्मी दानीको कात्तिक १८ गते घरमै पार्किङ गरिराखेको मोटरसाईकल चोरी भएको थियो भने अनुसन्धानको क्रममा करिव दुई महिना पछि फेला परेको हो ।

महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले हाल सम्म ३९ वटा चोरी भएका मोटरसाईकल बरामद गरी चोरीमा संलग्न ११ जनालाई मुद्दा चलाईएको र थप दुई जना अनुसन्धानको लागि नियन्त्रण लिएको जानकार दिनुभयो । प्रहरी निरीक्षक छेदीले वरामद गरिएको मोटरसाईकल लिन आउन पनि सम्बन्धित धनीहरूलाई अनुरोध गर्नु भएको छ ।