सफल उपचारपछि सशस्त्र प्रहरी अस्पताल बलम्बूबाट कोरोना संक्रमित घर फिर्ता

काठमाडौं ।  सशस्त्र प्रहरी अस्पताल बलम्बूबाट सोमबार कोरोना संक्रमित युवती उपचारपछि घर फर्केकी छिन् । उनी उक्त अस्पतालबाट उपचारपछि घर फर्कने पहिलो संक्रमित हुन् । उक्त अस्पतालमा हाल १५ जना संक्रमित मध्य उपचार भै ति युवती घर फर्कने पहिलो संक्रमित भएको सशस्त्र प्रहरी अस्पतालमा कार्यारत चिकित्सक महेन्द्र राज श्रेष्ठ र प्रविन नेपालद्वारा बताउनु भयो।

नेपालमा  संक्रमणका कारण ४ जनाकाे मृत्यु भइसकेकाे छ । साथै मन्त्रालयले थप ६ जनामा कोभिड-१९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। यसअघि बिहान मन्त्रालयले ७२ जनामा कोभिड-१९ पुष्टि गरेको थियो।

सोमवार कोभिड-१९ पुष्टि भएका मृतकसहित अब सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुगेको छ।अहिलेसम्म ११२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।